फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


 


काठमाडौँ, फागुन ३ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले टस जितेर पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

हङकङमा जारी खेलमा नेपालले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ ।

यसअघि बुधबार नै खेलिएको खेलमा आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङ शृंखलामा तेस्रो भएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्