सुनको मूल्य आज घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, फागुन ३० । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।

मंगलबारसम्म हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्