चीनमा आइफोनको बिक्रीमा उच्च गिरावट


 


एजेन्सी । विश्वमा स्मार्टफोनको सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा आइफोनको बिक्री उल्लेख्य मात्रामा घटेको छ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२४ को पहिलो ६ हप्तामा चिनियाँ बजारमा आइफोन बिक्री २४ प्रतिशतले घटेको हो ।

यो तथ्यांकले एप्पल तथा अन्य पश्चिमा प्रविधि कम्पनीहरुका लागि महत्वपूर्ण बजार झनै समस्याग्रस्त बनेको देखाएको छ।

काउन्टर प्वाइन्ट रिसर्चका अनुसार यस अवधिमा चीनमा समग्र मोबाइल फोन बजारमा ७ प्रतिशतको गिरावट आएको छ र एप्पल, ओप्पो तथा भिभो लगायतका कम्पनीले गिरावटको सामना गर्नुपरेको छ।

तथापि सुस्ताएको चिनियाँ अर्थतन्त्र तथा राष्ट्रवाद र व्यापार तनावका बीच एप्पलले भने वर्ष दिनदेखि नै चीनमा समस्या भोगिरहेको छ । आइफोन प्रयोगकर्ताहरु अहिलेको लागि पुरानै पुस्ताको आइफोनले काम चलाउने मनस्थितिमा पुगे ।

योसँगै एप्पल कम्पनीको शेयर मूल्यमा मंगलबार २.८ प्रतिशतको गिरावट आयो । खासगरी चीनमा कमजोर बन्दै गएको आइफोनको बिक्रीका बीच यो वर्ष एप्पल कम्पनीको शेयर मूल्यमा ११.६ प्रतिशतले गिरावट आइसकेको छ ।

स्मरण रहोस् एप्पलका लागि चीन निकै महत्वपूर्ण तथा अमेरिकापछिको सबैभन्दा ठूलो बजारको रुपमा रहेको छ ।

यसअघि गतवर्ष नयाँ डिभाइस लञ्चका बेला एप्पलले उच्च आम्दानी गर्ने गरेको थियो । साथै कम्पनीले मन्दीमा केही सुधार गर्ने अभिप्रायले आइफोनको मूल्यमा छुटको अफरलाई पनि निरन्तरता दिने गरेको छ । सिएनएनबाट

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्