वीरेन्द्रनगरमा एक पुरुषको शव फेला, हत्याको आशंका


 


सुर्खेत, फागुन २९ । वीरेन्द्रनगरमा एक जना पुरुषको शव फेला परेको छ ।

बारा घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत फेला परेका हुन् ।

मंगलबार ११ बजे पटेल आफू सुतेको घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

घाँटीमा गहिरो चोट लागेको र घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेकाले उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्