देश बरबादीतर्फ जान लाग्दा सत्ता समीकरण फेर्यौं : ओली


 


काठमाडौँ, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारमा जान हतार नभई प्राप्त उपलब्धीहरूलाई समाप्त पार्ने क्रियाकलाप हुन थालेपछि गठबन्धन भत्काएर सरकार परिवर्तन गरिएको उनले दाबी गरे ।

‘यसअघि हामीलाई सरकारमा जाने कुनै हतारो छैन भनेर भनेको थिएँ । तर देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न सकिएन’ उनले भने ।

यस्तै ओलीले एमालेका कार्यक्षमातासँग त्रसित तत्वहरूले यी कुराहरू भन्न नचाहने हुँदा गलत व्याख्या गरिरहेको बताए ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्