नेप्सेमा ५८ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार


 


काठमाडौं, फागुन २९ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार ५८.५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको छ ।

नेप्सेमा आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको ३७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्