एक किलो सुनसहित एक युवक पक्राउ


 


सिन्धुपाल्चोक, फागुन २९ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ खुर्सानीबारीबाट करिब १ किलोसहित एक युवक पक्राउ परेका छन् ।

भोटेकोशी गाउँपालिका–५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक
तामाङले सुन पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्