भरूवा बन्दुकसहित एकजना पक्राउ


 


रामेछाप, फागुन २९ । मन्थली नगरपालिका–१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित एक जना पक्राउ पक्राउ परेका छन् ।

प्रहरीले सोही नगरपालिका–११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।

भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्