विमानस्थलबाट सुनसहित एक महिला पक्राउ


 


काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् ।

फ्लाई दुबईको उडानमार्फत दुवईबाट काठमाडौं आएकी प्युठान ऐरावती गाउँपालिका वडा नम्बर ६ घर भएकी २८ वर्षीया संगिता परियार सोमबार दिउँसो पक्राउ परेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

प्रहरीले उनको साथबाट एउटा सिक्री, एउटा ब्रासलेट, ३ वटा औंठी, एउटा रानीहार, एउटा मिनिहार, दुई वटा मंगलसुत्र, कानमा लगाउने दुई जोर झुम्का र एउटा अर्को औंठीसहित करिब २ सय १० ग्राम सुन बरामद गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्