एमालेले बोलायो संसदीय दलको बैठक


 


काठमाडौं, फागुन २९ । नेकपा (एमाले) ले मंगलबार हिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेबारे छलफल गर्न संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीको समर्थन छ ।

सरकारको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दल छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्