जनमोर्चाद्वारा राष्ट्रिय सभा अध्यक्षको मतदान बहिष्कार


 


काठमाडौँ, फागुन २९ । राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा अध्यक्षका लागि भइरहेकाे मतादान बहिष्कार गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसद सहभागी नभएका हुन् ।

जनमोर्चाका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारमध्ये कसैलाई भोट नहाली नो भोटको पक्षमा रहेको बताए ।

राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका सांसद नारायण दाहाल र कांग्रेसका सांसद युवराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्