प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप


 


काठमाडौँ, फागुन २९ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधबार) तेस्रो पटक विश्वासको मत लिँदै छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्