होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार


 


काठमाडौं, फागुन २९ । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजे बेहोर भेटिएकी पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनारको मृत्यु भएको हो ।

बेहोस अवस्थामा भेटिएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डिएसपी अवाले बताए ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । उनीहरुको खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्