माधव नेपालको मागमा सहमति, प्रधानमन्त्री प्रचण्ड ढुक्क


 


काठमाडौँ, फागुन २९ । एकीकृत समाजवादीले उठाएको मागमा गठबन्धन दलका शीर्ष नेताबीच लिखित सहमति भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यद्यपि छलफलमा के सहमति भयो भन्नेबारे नेताहरूले बताइसकेका छैनन् ।

एकीकृत समाजबादीकाले लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएको थियो ।

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्