सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो


 


काठमाडौं, फागुन २९ । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर रहेको छ ।

आइबार प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ । सुनको मूल्य यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने आज बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्