नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् ।

संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्