मिटरब्याज पीडितसँगको सहमति पूर्ण कार्यान्वयन गर्छौँँ : गृहमन्त्री लामिछाने


 


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

। सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर बोल्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने उल्लेख गर्दै यो सुरुआत भएको बताए । उनले तर अझै पनि सङ्घर्ष बाँकी नै रहेको उल्लेख गरे । हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको उनले बताए ।

आज भएको सम्झौताको विषयमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको उपप्रधानमन्त्री लामिछानेले बताए ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्