आगलागीबाट कर्णाली पुलको ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द


 


कैलाली । कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको हो ।

प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेपछि मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।

पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए ।

कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौं तथा अन्य प्रदेश जाने सवारीसाधनलाई लम्की, टीकापुर हुँदै सत्ती पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

सोमबार अपराह्न कर्णाली पुलमा गुड्दै ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्