राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने


 



काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

शनिबारदेखि केन्द्रीय कार्यालयमा बसेको राप्रपाको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने तथा समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टीले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर अगाडि बढ्ने लिने निर्णय गरेको उहाँले बताउनुभयो ।

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकले उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका पार्टी अध्यक्षले सम्बन्धित जिल्लाका अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्