युवा संघका केन्द्रिय सदस्य बुढाथाेकीमाथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक


 


काठमाडाैं, पुस १४

नेकपा एमालेकाे युवा भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य सन्ताेष बुढाथाेकीमाथि अाक्रमण भएकाे छ । बाँकेकाे काेहलपुरमा राति ९ बजेतिर अपरिचित समूहले खुकुरी प्रहार गरेकाे युवा संघ नेपालका उपाध्यक्ष रमेश पाैडेलले देशकाेन्युजलार्इ जानकारी दिए ।

स्राेतका अनुसार बुढाथाेकीकाे अवस्था चिन्ताजनक रहेकाे छ । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ भने अस्पतालले थप उपचारका लागि काठमाडाैं लान सुझाव दिएकाे बुझिएकाे छ । घटनामा संलग्नकाे खाेजी गरी कारबाहीका लागि युवा संघले माग गरेकाे छ ।

घटनाका दाेषीलार्इ कडा कारबाहीकाे माग राख्दै उपाध्यक्ष पाैडेलले भने अाक्रमणकाे बदला लिन युवा संघ तयारी अवस्थामा छ । घटनाकाे कारण खुल्न सकेकाे छैन् ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्