कर्णाली नदीको पुलमा ट्रकमा आगलागी


 


धनगढी, फागुन २८ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सीमानामा पर्ने चिसापानीस्थित कर्णाली नदीको पुलमा ट्रकमा आगलागी भएको छ ।

सुदूरपश्चिमतर्फ आइरहेको लाइटर बोकेको एक ट्रकमा आगलागी भएको हो । आगो पुलका स्टिलका तारमा समेत सल्किएको छ ।

सुरक्षाकर्मी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्