प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादीले राख्यो शर्त


 


काठमाडौँ, फागुन २८ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने शर्त अघि सारेको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । उनले राष्ट्रियसभा अध्यक्षमा पनि आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै सहयोग गर्ने बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्