पूर्वमन्त्री श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


 


काठमाडौँ, फागुन २७ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छन् ।

तत्कालीन तनहुँ विकास समितिको सभापति समेत रहेकी श्रेष्ठसहित दर्जनौं व्यक्तिहरु राप्रपा नेपालमा प्रवेश गरेका ह३न् ।

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौँ महानगर समितिका सह(सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रही अवकाश प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजंगबहादुर सिंह, व्यवसायी तथा समाजसेवी सुभाष विष्ट लगायतका व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका छन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्