प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप


 


काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्