राप्रपा नेता ठाकुरमोहनले दिए आफूमाथि कुटपिटट गर्नेविरुद्ध उजुरी


 


काठमाडौँ, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट गर्नेबिरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्व एआईजी श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा आक्रमण भएको थियो । घटना अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको एसएसपी खत्रीले बताए ।

श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् । आक्रमणमा संलग्नहरू आरोपीहरू फरार छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्