साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजनी


 


काठमाडौं, फागुन २८ । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।

जनकपुरबाट मलंगवा जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका(१० मा स्थानीय‍ युगलकिशोर महतोलाई ठक्कर दिएको थियो ।

उनलाई ठक्कर दिएपश्चात स्थानीयहरूले बस तोडफोड र आगजनी गरेको हुन् । बसको आगोलागी नियन्त्रणमा आइसकेको छ भने चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० दयानिधि ज्ञावलीले जानकारी दिए ।

उनका अनुसार बसले ठक्कर दिएका कविलासीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्