सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षमा दाहालले गरे उम्मेदवारी दर्ता


 


काठमाडौं, फागुन २८ । राष्ट्रिय सभा अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की समर्थकमा नेकपा ९एमाले० का सांसद देवेन्द्र दाहाल, नेकपा ९एकीकृत समाजवादी० का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ । राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ ।

एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्