सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, फागुन २८ । नेपाली बजारमा हिजो (आइतबार) हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज स्थिर रहँदै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्