छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ


 


धनगढी, फागुन २७ । अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

जिल्लाको मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार प्रकाउ गरेको हो ।

शनिबार दिउँसो घरमा बुवाले छोरमाथि बलात्कार गरेको थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्