उपेन्द्र यादवलाई मन्त्री बनाइएको भन्दै बिरोध


 


काठमाडौँ, फागुन २७ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाइएको भन्दै बिरोध नाएका छन् ।

संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् । ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

आइतबार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्