चार राउण्ड गोलीसहित दुई युवक पक्राउ


 


सर्लाही, फागुन २७ । बाग्मती नगरपालिका–१० सोल्टी नहरबाट चार राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

८ एमएम लेखिएको ४ राउण्ड गोलीसहित मंलगवा नगरपालिका–१ भेडिया बस्ने २१ वर्षीय पोसन महरा रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट सोल्टीबाट खटिएको प्रहरीले बीआर ३० डब्लु ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक रामलाई उक्त गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोधपुछ तथा अनुसन्धानको लागि बागमती नगरपालिका-८ बस्ने २४ वर्षीय रंजित रामलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्