नेप्सेमा २२ अंकको सुधार, ३ अर्बको कारोबार


 


काठमाडौं, फागुन २७ । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.१० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ वटाको बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

आज चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज ७।०६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको २२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्