अस्पतालमा टिकट काट्न लाइनमा रहेका युवकको मृत्यु


 


चितवन, फागुन २७ । चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

मुटुको जाँचका लागि बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको आइतबार विहान मृत्यु भएको हो ।

लाइनमा बसेका बेला अचानक ढलेका उनलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन ज्ञवालीले जानकारी दिए ।

डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो । थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्