पाँच लाख भारतीय रकमसहित मकवानपुरबाट चार जना पक्राउ


 


हेटौँडा, फागुन२७ । पाँच लाख रुपैयाँ भन्द्या बढी भारतीय रकमसहित मकवानपुरको रातोमाटेबाट चार जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख ४९ हजार १०० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक सुन्दरकुमार कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्दा उक्त रकमसहित चार जना पक्राउ परेका हुन् ।

उनका अनुसार कार चालक भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, कारमा सवार सोही स्थान बस्ने वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय, नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष ३२ को निजाम मियालाई पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ५०० को भारतीय नोट १ हजार ४२ थान ९५,२१,०००।–०, २०० को नोट ९३ थान ९१८,६००।–०, १०० को नोट ९३ थान ९९३००।–० र ५० को नोट ४ थान ९२००‍।(० गरी कुल ५ लाख ४९ हजार १०० रुपैयाँ फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।
साथै नेपाली रुपैयाँ एक हजारका नोट १५० थान, ५०० को नोट २०० थान गरी २ लाख ५० हजार रुपैयाँ फेला परेको सूचना अधिकारी पौडेलले बताए ।

पक्राउ परेका ४ जनासहित कारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्