हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै


 


काठमाडौँ, फागुन २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा हङकङविरुद्ध पहिले फिल्डिङ गर्न लागेको छ ।

नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।

यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली घरेलु टोली हङकङसंग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्