सुनको मूल्यमा आज अर्को ‘रेकर्ड’, हालसम्मकै उच्च


 


काठमाडौं, फागुन १७ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को रेकर्ड राखेको छ ।

सुन आज तोलामा थप एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य आलसम्मकै उच्च हो ।

सुनको मूल्य यसअघि गत शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्