राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न माओवादीको पदाधिकारी बैठक बस्दै


 


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको हो । बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार चयन गर्नेछ ।

राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदैछ ।

यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्