चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु


 


ताइपेई । ताइवानी विदेशमन्त्री जोसेफ वुले चीनबाट कदापी नियन्त्रित नहुने टिप्पणी गरेका छन् ।

एउटा भारतीय टेलिभिजनले विदेशमन्त्री वुको अन्तरवर्ता लिएको विषयमा चीनले क्रुद्ध प्रतिक्रिया दिएसँगै उनको यस्तो टिप्पणी आएको हो ।

केही समयअघि एउटा भारतीय च्यानलले विदेशमन्त्री वुको अन्तरवार्ता प्रकाशित गरेपछि चीनले निन्दा गरेको थियो । नयाँ दिल्लीमा रहेको चिनियाँ राजदूतावासले उक्त अन्तरवार्ताले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने काम गरेको र मिथ्या सूचना प्रचार गरेको भन्दै निन्दा गरेको हो ।

यता विदेशमन्त्री वुले भने विज्ञप्ति निकाल्दै चीनबाट कदापी नियन्त्रित नहुने टिप्पाणी गरेका हुन् । उनले विज्ञप्तिमा ताइवान चीनको कठपुतली नभएको भन्दै भारतसँगको द्विपक्षीय सम्बन्ध विस्तारमा दृढ रहेको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्