चीनले फेरि किन बढायो रक्षा बजेट ?


 


काठमाडौं । यसपटक चीनले आफ्नो सेनाका लागि २३ अर्ब डलरभन्दा बढी खर्च गर्नेछ ।

चीन सरकारले यस वर्षको लागि २३.१३ अर्ब डलरको रक्षा प्रावधानको मस्यौदा तयार गरेको छ । यो गत वर्षको रक्षा बजेटको तुलनामा ७.२ प्रतिशत बढी हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ले सन् २०१६ यता चीनको रक्षा बजेटको वृद्धि १० प्रतिशतभन्दा कम रहेको लेखेको छ ।

यो लगातार नवौँ वर्ष हो जब चीनको रक्षा बजेट १० प्रतिशतभन्दा कमले बढेको हो ।

सैन्य मामिलाका विशेषज्ञ झाङ जुन्सेले ‘ग्लोबल टाइम्स’लाई चीनको रक्षा बजेट स्थिर रहेको बताए। धेरै देशले आफ्नो रक्षा बजेटमा उल्लेख्य बृद्धि गरिरहँदा चीनको दश प्रतिशतभन्दा बढी वृद्धि भएको छैन ।

उनले अमेरिका र इजरायलले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेको बताए । चीनसँग एसियामा सबैभन्दा ठूलो सेना छ र त्यसमा सबैभन्दा बढी खर्च गर्छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्