न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त


 


काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकाश लिएका हुन् ।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरूले बिहीबार बिदाइ गरेका थिए ।

न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्