कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी रणनीति तय गरिने


 


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने बताइएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्