दुर्घटनामा एक जनाको मृत्यु


 


धादिङ, पुस १४

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा आज  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मकवानपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख २६८० नम्बरको ट्रकले बा ६९ प ३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

धादिङको बैरेनीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालक काठमाडौं नागार्जुन–३ का ४५ वर्षका रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।

उनको घटनास्थल मै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्