एमालेले टुंग्यायो मन्त्रीहरुको नाम, को-को हुँदैछन् मन्त्री ?


 


काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ ।

सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् ।

उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुने मोटामोटी सहमति भएको छ । त्यस्तै पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् ।

उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ । त्यसबाहेक दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने चर्चा छ ।

तर सात मन्त्रालय मात्र पाएको खण्डमा अधिकारी मन्त्री हुने लिस्टबाट हट्नेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्