गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय


 


काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बैठकलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका छन्।

सचिवालय बैठकले प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्