सुनको मूल्यमा अर्काे रेकर्ड, हालसम्मकै उच्च


 


काठमाडौं, फागुन २३ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढ्दै हालसम्मकै उच्च भएको छ ।

सुन आज तोलामा थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य यसअघि सबैभन्दा बढी हिजो प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्