शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता


 


काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

देउवा प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब १० बजेतिर अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेता नेपाललाई भेट्न मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि कोटेश्वर पुगेका थिए ।

अध्यक्ष नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिएका छन् । राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्