नेप्सेमा उच्च अंकको गिरावट, कति भयो कारोबार ?


 


काठमाडौं, फागुन २२ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।

सोमबार ६ प्रतिशतले बढेको नेप्से मंगलबार भने ७०.३१ अंकले घटेर दुई हजार ७ दशमलव ६९ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटाको बढेको छ भने २१३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.७३ प्रतिशतले बढेर प्रतिकित्ता ९९५ रुपैयाँ पुगेको छ ।

आज बोटलसै नेपाल बालाजु लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्