सुदूरपश्चिममा माओवादी केन्द्रका दुई र एक राज्यमन्त्री बर्खास्त


 


धनगढी, फागुन २२ । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओबादीका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।
मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने यथावत राखेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् । एक जनाको सिट भने रिक्त छ ।

सुदूरपश्चिममा नाउपा र नेकपा (एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले यी दुई दलबाट मन्त्री बनेकाहरुलाई यथावत राखेका हुन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्