स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ


 


रौतहट, फागुन २२ । ईशनाथ नगरपालिका–१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र.३ ०१.०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्