किशोरी हत्या प्रकरण : एक जना पक्राउ


 


काठमाडौं, फागुन २२ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बारा घर भएका ती व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरील उनको नाम भने सार्वजनिक गरेको छैन ।

यद्यपि, उनी यसअघि पनि एउटा घटनामा पक्राउ परेको व्यक्ति भएको स्रोतको दाबी छ । त्यही विषयसँग हत्याको कारण जोडिएको हुनसक्ने प्रहरीको आशंका छ ।

पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको सोमबार राति साढे १० बजे हत्या भएको थियो ।

कोठाबाट निस्किएर शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्